काठमाडौं, १८ असोज– नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक शक्तिबीच तालमेल गर्नका लागि दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको कार्यसम्पादन समितिको बैठकले चुनावी तालमेलका विषयमा छलफल गर्न संघीय समाजवादी फोरम, राजपा र दुई राप्रलाई बोलाएको छ ।
दिउँसो साढे ४ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र चुनावी तालमेलबारे छलफल हुने जनाइएको छ ।
हिजो नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले बाम एकतासँगै पार्टी एकताको घोषणा गरेसँगै नेपाली कांग्रेस दबाबमा परेको छ ।