
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सुर्खेत जिल्ला अदालतकी स्रेस्तेदार निर्मलाकुमारी खड्काले सिंहसहितका केही व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको लोकान्तरलाई जानकारी दिइन् ।
हत्या मुद्दामा प्रहरीले जरुरी पक्राउ पुर्जीको समर्थनका लागि आएपछि अदालतले समर्थन दिएको उनले बताइन् ।
२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो । सुर्खेत वीरेन्द्रनगरस्थित जन माविमा राजबहादुरको हत्या भएको थियो ।
हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको थियो ।
टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।