०२ साउन २०८३, शनिबार

ललितपुरको नागबहालमा जर्मन नागरिक मृत भेटिइन्

माघ १५, २०८०
काठमाडौं
ललितपुरको नागबहालमा जर्मन नागरिक मृत भेटिइन्

ललितपुरको नागबहालमा एक जना जर्मन नागरिक मृत फेला परेकी छन् । ललितपुर महानगरपालिका-१६ नागबहालस्थित एक अपार्टमेन्टमा ​सोमबार बिहान उनी मृत फेला परेकी हुन् । 

ललितपुर प्रहरीका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार मृत फेला परेकी अन्दाजी ५४ देखि ५५ वर्षकी एडिलहेड स्चेने एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ। 

घटनाबारे बुझ्न ललितपुर प्रहरीको टोली घटनास्थल पुगेको छ । महिलाको टाउकोबाट रगत बगेको देखिएको उनले बताए । 

उनले काभ्रेको नमोबुद्धमा योगा विश्वविद्यालय सञ्चालन गर्दै आएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्