२१ असार २०८३, आइतबार

४२ लाख भन्दा बढी मूल्यको प्याजसहित दुई वटा गाडी नियन्त्रणमा

माघ २४, २०८०
पर्सा
४२ लाख भन्दा बढी मूल्यको प्याजसहित दुई वटा गाडी नियन्त्रणमा

 पर्सा जिल्लाको विभिन्न स्थानबाट ४२ लाख भन्दा बढी मूल्यको प्याजसहित सशस्त्र प्रहरी बल नेपालले  दुई वटा पिक अप गाडी नियन्त्रणमा लिइएको छ ।

वीरगन्ज महानगरपालिका–२६ सुगौलीस्थित बिर्ताबाट माघ २४ गते करिब २१ लाख १६ हजार रुपैयाँ बराबरको प्याज र एउटा पिक अप गाडी नियन्त्रणमा लिइएको हो ।

प्रदेश २–०३–००१ च ५९३५ नम्बरको पिक अप गाडीमा राखी विन्दवासिनीबाट वीरगन्जतर्फ ल्याउँदै गरेको २ हजार ९ सय १० किलो प्याज प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो ।

त्यस्तै सोही महानगरपालिका–२५ चण्डाल चोकबाट माघ २३ गते करिब २१ लाख १३ हजार रुपैयाँ बराबरको प्याज र गाडी नियन्त्रणमा लिइएको छ ।

प्रदेश २–०३–००१ च ६२०३ नम्बरको पिक अप गाडीमा राखी विन्दवासिनीबाट वीरगन्जतर्फ ल्याउँदै गरेको २ हजार ८ सय ३० किलो प्याज बिओपी ड्राईपोर्टले नियन्त्रणमा लिएको हो ।

बरामद प्याज तथा दुई वटै गाडी आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्