३१ असार २०८३, बुधबार

पक्राउ परेको २३ दिनपछि वडाध्यक्षविरुद्ध मुद्दा दायर

माघ २६, २०८०
काठमाडौं
पक्राउ परेको २३ दिनपछि वडाध्यक्षविरुद्ध मुद्दा दायर

घर बाटो सिफारिस बापत रु १५ लाख घुससहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका – ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यही माघ ३ गते रङ्गेहात पक्राउ गरेको थियो ।  

नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु १५ लाख  कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्