२२ असार २०८३, सोमबार

सिरहामा कटुवा पेस्तोलसहित १ जना पक्राउ

माघ २८, २०८०
सिरहा
सिरहामा कटुवा पेस्तोलसहित १ जना पक्राउ

कटुवा पेस्तोलसहित सिरहाबाट एक जना पक्राउ  परेका छन् ।

पक्राउ पर्नेमा औरही गाउँपालिका - ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव छन् । उनलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरहा नगरपालिका ७ बाट पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ ।

उनको उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका - ३ का २२ वर्षीय संजितकुमार यादवसँग विवाद भएको थियो ।​​

उनीहरूबीचको विवादको खबरसँगै वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सरोजलाई पक्राउ गरेको हो । पछि तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल बरामद भएको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्