×

NMB BANK
NIC ASIA

आफताब आलम मुद्दा : घाइते जाहेरवालाको शारीरिक परीक्षण प्रतिवेदन पेश गर्न आदेश

काठमाडाैं | माघ २८, २०८०

NTC
Premier Steels

हत्या आरोपमा पुर्पक्षमा कारागारमा थुनामा रहेका पूर्व मन्त्री आफताब आलमको मुद्दामा रौतहट जिल्ला अदालतले जाहेरवाला घाइतेको शारीरिक परीक्षण प्रतिवेदन पेश गर्न आदेश गरेको छ । 

Muktinath Bank

स्रेस्तेदार उद्धव ढोडारीका अनुसार १ नम्बर इजलाशका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको इजलासले आइतवार उक्त आदेश गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'घाइते रहेका जाहेरवाला गौरीशंकर राम र वादी नेपाल सरकारको तर्फबाट वस्तु स्थिति मुचुल्का र घटना विवरण कागज गर्ने ७/८ जना सरकारी साक्षीलाई समेत बकपत्र यथाशिघ्र गराउन आदेश गर्नु भएको छ,'  ढोडारीले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

यति दिन भित्र नै गराउन लिखित आदेश नभए पनि १५ दिन भित्र गराउने उनले बताए ।

Vianet communication

यस अघि दुवै पक्षको बहस सकिएर वकिलहरूले बहस नोट समेत पेश गरिसकेको अवस्थामा अब अन्तिम फैसलाका लागि सुनुवाई हुनुपर्नेमा अन्य आदेश किन भएको हो भन्ने जिज्ञासामा उनले भने, '१ नम्बर इजलासका श्रीमानले फेरि गहिरिएर सबै कुरा शुरूदेखि नै हेर्नुभएको छ । त्यसरी हेर्दा सरकारी साक्षीको बकपत्र नभएको तथा घाइतेको शारीरिक परीक्षण प्रतिवेदन पेश नभएको देखेपछि उहाँले आदेश गर्नुभएको हो ।'

बम विस्फोटका घाइतेहरूलाई इँटा भट्टामा जलाएर हत्या गरेको घटनाका अभियुक्त मोहम्मद आफताब आलमलाई सर्वस्वसहित जन्म कैदको मागदाबीसहित मुद्दा दर्ता भएको थियो ।

प्रहरीले आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थसम्बन्धी तीन मुद्दामा अभियुक्त बनाएको छ ।

बम काण्डमा आलमसहित ११ जनालाई अभियुक्त बनाइएको छ । पहिलो संविधानसभा निर्वाचनको वेला बुथ कब्जा गर्ने उद्देश्यले मतदानको अघिल्लो दिन २७ चैत २०६४ मा रौतहट-२ बाट नेपाली कांग्रेसका उम्मेदवार आलमकै निर्देशनमा बम बनाउने क्रममा विस्फोट भएको थियो। 

सर्वोच्च अदालतको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले गत २६ असोजमा बम काण्डका मुख्य आरोपित आलमलाई पक्राउ गरेको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x