२४ असार २०८३, बुधबार

दुर्गा प्रसाईंको राजनीतिक प्यास: निमुखा भेला गरेर नेताको अभिनय !

फागुन १, २०८०
काठमाडौं
दुर्गा प्रसाईंको राजनीतिक प्यास: निमुखा भेला गरेर नेताको अभिनय !

राजनीतिक दलका नेता र व्यापारीविरुद्ध आगो ओकलेर चर्चामा आएका दुर्गा प्रसाईंले मंगलवार फेरि काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् । ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊँ महाअभियान’ नामक गैर राजनीतिक संगठनको व्यानरमा प्रसाईंले समय–समयमा शक्ति प्रदर्शन गर्दै आएका छन् ।

null 

राजनीतिक दलका नेताप्रतिको आक्रोशका कारण जनताको नजरमा परेका प्रसाईंमा पछिल्लो समयमा नेता बन्ने भोक÷प्यास जागेको देखिएको छ । मंगलवार काठमाडौंमा भएको कार्यक्रममा सहभागी हुन आउँदा उनी कुनै दलको शीर्ष नेताको शैलीमा बिलासी गाडीमाथि टाउको बाहिर निकालेर सभास्थलमा पुगेका थिए । 

‘व्यवस्था परिवर्तन भन्दै’ गत मंसिर ७ गते काठमाडौंमा सर्वसाधारण भेला गरेका प्रसाईंको कार्यक्रम २ दिनमै तुहिएको थियो । त्यो बेला सर्वसाधारणको उपस्थिति बाक्लो थियो, तर प्रसाईंले सभा व्यवस्थित गर्न सकेका थिएनन् । एकैदिनको कार्यक्रममा उनले २ पटक सम्बोधन गरेका थिए । 

बल्खुमा सर्वसाधारण र प्रहरीबीच झडप भएपछि केहीबेर प्रसाईं हराएका थिए । उपस्थित भीडको नेतृत्व गर्ने  व्यक्ति नभएपछि त्यो दिन प्रदर्शनकारी र प्रहरीबीच  झडप भएको थियो । 

null

२०७९ फागुन १ गते झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराएर कार्यक्रम गरेपछि प्रसाईंमा नेता बन्ने महत्वाकांक्षा देखिन्छ । कुनैबेला तत्कालीन बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो घरमा लगेर ‘मार्सी चामलको भात’ खुवाएपछि प्रसाईं चर्चामा आएका थिए ।

त्यही राजनीतिक साइनोका कारण उनले झापामा बी एण्ड सी मेडिकल कलेज स्थापना प्रयास गरेका थिए । त्यही दौरान ओलीलाई रिझाएर प्रसाईं एमालेको केन्द्रीय सदस्य बने । 

सरकारी निकायले आसयपत्र दिएपनि सम्बन्धन नदिएपछि प्रसाईं नेताहरूसँग बिच्किए । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउँ अभियानताका प्रसाईंले राजनीतिक दलका नेता र व्यापारीप्रति घृणा फैलाउने अभिव्यक्ति दिँदै आएका छन् । शुरूमा लघुवित्त र सहकारीपीडितको पक्षमा आवाज उठाएर सर्वसाधारणको ध्यानाकर्षण गर्न सफल प्रसाईं पछिल्ला दिनमा भने नेतालाई गाली गर्ने पात्रको रुपमा देखा पर्न थालेका छन् । 

null

मंगलवार पनि उनले भृकुटीमण्डपबाट नेता र व्यापारीविरुद्ध आगो ओकलेका छन् । नेता बन्ने तीर्खा मेट्न प्रसाईंले निमुखा, गरिब र सर्वसाधारण भेला गराएर भीड जग्मा गरिरहेका छन् । मंगलवारको कार्यक्रममा पनि त्यस्तै सर्वसाधारण उपस्थित भएका थिए । 

मंगलवारको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई उपस्थित गराउन कोसिस गरे पनि उनी सफल भएनन् । त्यसपछि प्रसाईं कुनै चुनाव जितेको नेताजस्तै खादा–माला लगाएर गाडीबाट अभिनन्दन गर्दै सभास्थलमा पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्