३१ असार २०८३, बुधबार

बैंकले सस्तो दरमा कर्जा दिन थाले, कारण यस्तो

कात्तिक २०, २०७४
बैंकले सस्तो दरमा कर्जा दिन थाले, कारण यस्तो



काठमाडौँ, २१ असोज - नेपाल राष्ट्र बैंकले आइतबार बोलकबोलबाट रु पाँच अर्ब तरलता प्रशोचन गर्ने भएको छ ।
Bank-625x405
बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी अधिक भएपछि बैंकले बजारबाट उक्त परिमाणको तरलता प्रशोचन गर्न लागेको हो ।

बैंकका सहायक प्रवक्ता नारायण पौडेलका अनुसार आइतबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम ३० दिने निक्षेप संकलन उपकरणमार्फत पैसा उठाउन लागिएको हो ।
ब्याजदर बोलकबोलबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेपको साँवा र ब्याज भुक्तानी कात्तिक २१ गते हुनेछ ।

हाल बजारमा झण्डै रु एक खर्ब हारहारीमा तरलता छ । बैँकिङ प्रणालीमा तरलता अभाव भयो भने केन्द्रीय बैंकले रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । यसअघि पनि बैंकले दुईपटक गरी रु छ अर्ब तरलता प्रशोचन गरिसकेको छ ।

बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि निक्षेपको ब्याजदर पनि घट्न थालेको छ । बैंकले सस्तो दरमा कर्जा दिन थालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्