×

NMB BANK
NIC ASIA

पोर्चुगलमा चुनावी अभियान शुरूः दक्षिणपन्थी र पपुलिस्ट पार्टीहरूले सफलता पाउने सम्भावना

काठमाडाैं | फागुन १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

लिस्बन–पोर्चुगलको आधिकारिक चुनावी अभियान आइतबारदेखि शुरू भएको छ । मार्च १० मा हुने विधायिकी मतदानमा पपुलिस्ट पार्टीहरूले सफलता पाउने सम्भावना छ ।

Muktinath Bank

करिब आधा शताब्दी लामो फासिवादी तानाशाही व्यवस्थाको अन्त्य गरी ५० वर्ष पहिले ‘कार्नेसन रिभोलुसन’मार्फत् स्थापित व्यवस्था अन्तर्गत चलेको पोर्चुगलमा हालै युरोपका अन्य ठाउँहरूमा सफलता हासिल गरेका दक्षिणपन्थी र संस्थापन विरोधी पार्टीहरू पछि पर्ने पुर्वानुमानहरू गरिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१९ मा एक फुटबलका पूर्व कमेन्टेटरद्वारा गठन गरिएको चेगा पार्टीे देशको राजनीतिक र आर्थिक अभिजात वर्गको एक प्रबल आलोचक बनेको छ र १५ देखि २० प्रतिशत मतको साथ भागेदारी बन्ने देखिएको छ । 


Advertisment
Nabil box
Kumari

लिस्बन विश्वविद्यालयको इन्स्टिच्युट अफ सोसल साइन्सेजका राजनीतिशास्त्री एन्टोनियो कोस्टा पिन्टोले समाजवादी प्रधानमन्त्री एन्टोनियो कोस्टाको आश्चर्यजनक राजीनामाले चेगालाई सहयोग पुगेको बताँछन् । उनले भने, ‘यो युरोपेली सङ्घमा भ्रष्टाचारको विषयले कट्टरपन्थी दक्षिणपन्थीको पक्षपोषण गरेको छ ।’

Vianet communication
Laxmi Bank

अति दक्षिणपन्थी गठबन्धन 

इटाली, स्लोभाकिया, हंगेरी र फिनल्यान्डलगायत थुप्रै युरोपेली देशहरूमा अति दक्षिणपन्थी पार्टीहरूको नेतृत्वमा वा समावेशी गठबन्धनद्वारा सरकार सञ्चालित छन् । 
नेदरल्यान्ड्स गत नोभेम्बरमा भएको विधायिकी चुनावमा गीर्ट वाइल्डर्सको विजयपछि यो सूचीमा सामेल भएको छ । 

आप्रवासी विरोधी तर सधैं युरोपेली सङ्घ (ईयू) विरोधी नभएको चेगा सन् २०२२ को जनवरीमा पोर्चुगलमा भएको चुनावमा सात प्रतिशत मत र २३० सदस्यीय संसद्मा १२ जना सदस्यसहित देशको तेस्रो ठूलो राजनीतिक शक्ति बनिसकेको छ ।

चेगाका अध्यक्ष आन्द्रे भेन्टुराले मध्य–दक्षिणपन्थी सोसल डेमोक्र्याटिक पार्टी ९पीएसडी० लाई पोर्चुगलको सत्ताधारी सशक्त शक्तिबाट विस्थापित गर्ने लक्ष्य राखेका छन् । 

यद्यपि, अहिले पीएसडीलाई पछि पार्दै भेन्टुराले आफ्नो दललाई संसदमा बहुमतका साथ स्थापित गर्ने रणनीतिसाथ अघि बढेका छन् । तर पीएसडी सत्तासिन समाजवादी पार्टीभन्दा अलि अगाडि लगभग ३० प्रतिशत मतको साथ आउने सर्भेक्षणले देखाएको छ । 

दुई साना रुढीवादी पार्टीहरूसँग गठबन्धन बनाएका पीएसडी नेता लुइस मोन्टेनेग्रोले तत्कालका लागि चेगासँग कुनै पनि गठबन्धनलाई अस्वीकार गरेका छन् ।

सोसलिस्ट पार्टीका कोस्टाका उत्तराधिकारी पेड्रो नुनो सान्तोसले मध्यदक्षिणपन्थीको नेतृत्वमा अल्पमतको सरकार गठन हुन नदिने बताएका छन् ।

तर विश्लेषक कोस्टा पिन्टोका अनुसार ‘अति दक्षिणपन्थीहरूको वरिपरिको घेराले अन्य युरोपेली लोकतन्त्रहरूमा काम गरेको छैन, र पोर्चुगल अर्को उदाहरण हुनेछ’ ।

सन् २०१५ को अन्त्यदेखि प्रधानमन्त्री कोस्टाले सरकारको वित्तीय स्थितिमा सुधार गर्दै धेरै हदसम्म स्वस्थ अर्थतन्त्रको निरीक्षण गरेका थिए । 

आफ्नो कार्यालयमा लुकाइछिपाइ राखेको ७५ हजार ८०० युरो (८२ हजार अमेरिकी डलर) नगदसहित फेला परेका उनका आफ्नै चिफ अफ स्टाफसम्म पुगेपछि अन्तिम झट्का लागेको थियो ।

अनुसन्धानमा कोस्टाको नाम उल्लेख गरिएको थियो र उनले नोभेम्बरमा राजीनामा दिएका थिए । उनले नयाँ कार्यकालको लागि दावी नगर्ने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x