२२ असार २०८३, सोमबार

संसदमा तीन सिट रहेको नेकपा संयुक्तले माओवादीसँग पार्टी एकता गर्ने

कात्तिक २०, २०७४
 संसदमा तीन सिट रहेको नेकपा संयुक्तले माओवादीसँग पार्टी एकता गर्ने
काठमाडौँ, २३ असोज -नेकपा(संयुक्त)ले नेकपा(माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने भएको छ । सो पार्टीको आज सम्पन्न पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । 

सो पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गरेपछि एकता प्रक्रिया सार्थक रुपमा अगाडि बढ्ने जानकारी दिनुभयो । 

बैठकमा सो पार्टीका महासचिव सुनिल मानन्धरले पार्टी एकताको प्रस्ताव राख्नुभएको थियो । एकताका लागि माओवादी केन्द्रसँग छलफल भइरहेको र केही प्राविधिक तथा राजनीतिक विषय मिलाउन बाँकी रहेको उहाँको भनाइ छ । 

आगामी संघीय तथा प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिन्ह हसिया हथौडामा चुनाव लड्ने निर्णय गरेको नेकपा (संयुक्त)ले गरेको थियो । 
––– 

salt training

कमेन्ट गर्नुहोस्