३१ असार २०८३, बुधबार
संसद्मा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

सहकारी ठगीमा जोडिएका रवि लामिछानेबारे संसद्मा जवाफ दिन प्रधानमन्त्रीलाई कांग्रेसको अल्टिमेटम

चैत १, २०८०
काठमाडौं
सहकारी ठगीमा जोडिएका रवि लामिछानेबारे संसद्मा जवाफ दिन प्रधानमन्त्रीलाई कांग्रेसको अल्टिमेटम

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई गृहमन्त्रीका रूपमा जिम्मेवारी दिइएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग जवाफ माग गरेको छ ।

रविलाई गृहमन्त्री बनाउँदा सहकारी ठगीको अनुसन्धान प्रभावित हुने कांग्रेसको चिन्ता छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले संसद्को अगामी बैठकमा प्रधानमन्त्रीको जवाफ नआए कांग्रेस कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए ।

प्रतिनिधि सभा बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्तमाथि छलफल गर्ने कार्यसूची रहेकाले बिहीबारको बैठक चल्न दिने उनले बताए । 

सहकारी ठगीमा मुछिएका लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिइएकोबारे कांग्रेसले बुधवार पनि संसद्मा आवाज उठाएको थियो ।

‘अनुसन्धानमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाइएको सम्बन्धमा हिजो कांग्रेस महामन्त्री, अन्य दलका नेता र कांग्रेस सचेकतले उठाएको विषयमा प्रधानमन्त्रीको मौनताप्रति हामी गम्भीर भएका छौं,’ पाण्डेले भने ।

प्रतिनिधि सभाका यसअघिका बैठकमा प्रतिपक्षी दलले विवादमा मुछिएका मन्त्रीको राजीनामा माग गर्दै प्रधानमन्त्रीको जवाफ माग गरिएको प्रसंग कोट्याउँदै उनले प्रधानमन्त्रीको जवाफका लागि सभामुखसँग रुलिङ माग गरे । 

लगत्तै सभामुख देवराज घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले तदनुरूप लिने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्