×

NMB BANK
NIC ASIA

निजी क्षेत्रको अपिल– ताप्लेजुङको समृद्धिका लागि पाथीभरामा केवलकार बनाउने वातावरण बनाइदिनू

काठमाडाैं | चैत १, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसंस्थाले पाथीभरा मुकुम्लुङ केवलकार निर्माणको वातावरण बनाउन संयुक्त अपिल गरेका छन् । 

Muktinath Bank

ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ र निर्माण व्यवसायी संघले केवलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा इँटा थप्न सबै सम्बद्ध पक्षसँग बिहीवार संयुक्त अपिल गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सबैको साझा आस्थाको धरोहर रहेको पाथीभरा (मुकुम्लुङ) शक्तिपिठमा नेपालका मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकबाट समेत त्यहाँका धेरै सम्प्रदायका नागरिकहरू दर्शनका लागि आउने गरेका छन्,’ अपिलमा भनिएको छ, ‘यसर्थ यस क्षेत्रको विकासमा थप योगदान गर्नु पर्ने समय आएको छ ।’ 


Advertisment
Nabil box
Kumari

विगत केही वर्षदेखि धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको अपिलमा उल्लेख छ । 

Vianet communication
Laxmi Bank

‘पाथीभरामा बर्सेनि करिब ३ लाखको सङ्ख्यामा भक्तजन आउने गरेका छन् ।  यो सङ्ख्यामा गुणात्मक वृद्धि गरेर ताप्लेजुङमा व्यावसायिक अवसरहरूको सिर्जना गर्नु अत्यन्तै जरुरी भएकाले केवलकार निर्माणलाई गति दिन पनि सरोकारवालाहरूलाई  निजी क्षेत्रको आग्रह छ,’ अपिलमा भनिएको छ । 

अर्बौँ रुपैयाँको लगानीमा निर्माण हुने चरणमा रहेको पाथीभरा मुकुम्लुङ केवलकारले ताप्लेजुङको आर्थिक विकासमा ठूलो योगदान दिने कुरामा दुई मत नभएको निजी क्षेत्रको दाबी छ ।  यसबाट स्थानीय स्तरमा रोजगारी–स्वरोजगारीको सिर्जना गर्ने, जिल्लाको पर्यटन प्रवर्द्धनमा फराकिलो आयाम थप हुने, थप नयाँ पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोगी हुने निश्चित रहेकोतर्फ पनि निजी क्षेत्रले ध्यानाकर्षण गराएको छ । 

यस्ता गौरवका योजनामा सबै पक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्नेमा निजी क्षेत्रले जोड दिएका छन् । ‘शान्ति सुरक्षाको प्रत्याभूतिसहित वार्ता तथा संवादको माध्यमबाट राज्यको तर्फबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने आम निजी क्षेत्रको बुझाइ छ,’ अपिलमा उल्लेख छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x