मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने शिवपुरी बाबा हुन् । उनको स्वधर्म शिक्षा सम्बन्धी केही पुस्तक नै प्रकाशित छन् । यस आलेखमा यसैबारे प्रकाश पार्ने प्रयास गरिएको छ ।
कतिलाई लाग्न सक्छ आफू जुन धर्मको अनुयायी छ त्यही नै स्वधर्म हो । यसरी हेर्दा हिन्दू हुनु, बौद्ध हुनु, इस्लाम वा इसाई हुनु नै उनीहरूका लागि स्वधर्म हो भन्ने बुझिन्छ हुन्छ तर, यथार्थ त्यस्तो छैन, होइन । हिन्दू, बौद्ध, मुस्लिम, इसाई आदि धर्म नभई सम्प्रदाय हुन् । धर्मको अर्थ स्वभाव हो भने स्वधर्मको अर्थ हुन्छ आफ्नो स्वभाव । साथसाथै यसले काम र कर्तव्यलाई पनि बुझाउँछ । यसबाट के प्रष्ट हुन्छ भने देश, काल, परिस्थिति परिवेशअनुसार तोकिएको काम र कर्तव्य काम र कर्तव्य नै स्वधर्म हो ।
यस अर्थमा भन्नुपर्दा युद्धमा खटिएको सिपाहीका लागि मार्नु र मर्नु नै स्वधर्म हुन्छ । यस्तो अवस्थामा कसैमाथि दया देखाउन पनि हुँदैन र हतियार चलाउन हिचकिचाउन पनि हुँदैन । अन्यथा त्यो परधर्म बनेर भयावह अवस्था सिर्जना हुन्छ । त्यस्तै उपचारका लागि खटिएका चिकित्सकका लागि बिरामीको ज्यान बचाउनु नै स्वधर्म हो । होइन कसैको ज्यान लिन खोजियो वा प्रयास गरियो भने त्यसले परधर्मको रूप लिन्छ डर लाग्दो अवस्था सिर्जना हुन पुग्छ । यसलाई हामी निम्न उदाहरणबाट थप प्रष्ट हुन सक्छौँ ।
मानौँ हामी कर्मयोगी छौँ । कर्मयोगीहरू धेरै किसिमका हुन्छन् । विद्यार्थी हुन सक्छौँ, व्यपारी हुन सक्छौँ । कृषक हुन सक्छौँ, शिक्षक वा कर्मचारी हुन सक्छौँ । अथवा कर्मयोगमा लागेका अरू नै कोही हुन सक्छौँ । यस्तोमा विद्यार्थी छौँ भने असल विद्यार्थी बन्ने । व्यापारी हौँ भने कुशल व्यापारी बन्ने । कृषक भए कृषक नै बन्ने । शिक्षक भए शिक्षक नै बन्ने । कर्मचारी भए कर्मचारी नै बन्ने । भान्छे भए भान्छे नै बन्ने र ड्राइभर भए ड्राइभर नै बन्ने । यसबाहेक केही पनि नबन्ने । अर्थात् जुन काममा लागिएको छ सो काम गरुन्जेल त्यही मात्र बन्ने । यही नै स्वधर्म हो । प्रायः गडबडी कहाँ हुन्छ हुन्छ भने हामी एकैसाथ धेरै बन्न पुगिरहेका हुन्छौँ तर स्वधर्ममा यस्तो छुट छैन, हुँदैन ।
ज्ञानमार्गका अनुयायी छौँ भने पनि त्यस्तै हो । ज्ञानयोगमा लाग्नेले ज्ञानयोगी मात्र बन्नुपर्ने हुन्छ । त्यसैको खोज अनुसन्धान गर्नुपर्र्ने हुन्छ । त्यसैमा हराउनुपर्छ, त्यसैमा रमाउनुपर्छ । काम जुनसुकै गरे पनि हुन्छ तर यसमा पहिलो शर्त के हुन्छ भने त्यसैमा भिज्नुपर्ने बानी बसाउनुपर्छ । जब आकण्ठ भिजिन्छ वा भिज्न पुग्छौँ तब त्यहीँबाट रसाउन र टुसाउन थालिन्छ । फल पाउन वा प्राप्त गर्न लागिरहनुपर्छ । यसमा धैर्य पनि चाहिन्छ उत्साह पनि चाहिन्छ । केही दिन्छ भने पनि यसैले दिन्छ । कहीँ पुर्याउँछ भने पनि यसैले पुर्याउँछ । शुरूमा जोडतोडले लाग्ने र केहीपछि सफल भइन्न कि भनेर चिन्ता गर्न थाल्ने हो भने कहीँ पनि पुगिन्न ।
होइन हामी भक्तियोगका अनुयायी छौँ भने भक्तियोगमै रमाउने बानी बसाउनुपर्छ । यसमा पहिलो शर्त के हुन्छ भने स्वदोष दर्शनको प्रयास । जबसम्म परदोष दर्शन गर्न छाडिन्न तबसम्म यस मार्गको अनुयायी बन्न सकिन्न । दोस्रो शर्त हो आफ्नो कमजोरी खोज्ने र हटाउने प्रयास गर्ने । तेस्रो शर्त के हुनुपर्छ भने आफ्नो कसैसित केही पनि नमाग्ने । माग्न थाले प्रेमको धारा टुट्छ । प्रेमको धारा टुट्छ तब सके केही पनि नपाइएला । पाइहाले पनि जति मागिएको छ त्यति मात्र पाइएला ।
होइन ध्यान योगी छौँ भने ध्यानयोगी नै बन्ने । ध्यानयोगीबाहेक केही पनि नबन्ने । हामी ध्यान गर्न त बसेका हुन्छौँ तर, ध्यानभन्दा अरू नै बढी गरिरहेका हुन्छौँ भने सच्चा ध्यानी बन्न सकिन्न । ध्यान गर्न बसेको मानिसले अरूनै गर्न थाल्ने हो भने त्यो स्वधर्म नभई परधर्म हुन पुग्छ, समय र स्रोतको बरबादी बाहेक केही पनि गर्दैन ।
यी स्वधर्म र स्वधर्मका केही उदाहरण हुन । यस्ता उदाहरण अरू पनि हुन सक्छन् । मूल कुरो पहिले के गर्ने वा बन्ने भने निर्क्यौल गरी काम शुरू गर्नुपर्छ । जब सुरू गरिन्छ त्यसपछि त्यसैमा लागिरहनुपर्छ । रुने, कराउने, हाँस्ने, रमाउने जे गर्ने हो के गर्ने हो त्यसैमा गर्नुपर्छ । केही समयको नियमित अभ्यासपछि स्वतः स्वधर्मको अनुयायी बन्न पुगिन्छ ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...