×

NMB BANK
NIC ASIA

विराट गोल्डकपमा १० टोली सहभागीः आधा घटाइयो पुरस्कार

विराटनगर | चैत ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगरको इतिहाससँग जोडिएको आठौँ संस्करणको विराट गोल्डकप फूटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट शुरू हुने भएको छ ।

Muktinath Bank

प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म विराटनगरको शहीद रङ्गशालामा शुरू हुने आयोजक विराट गोल्डकप फूटबल ट्रस्टले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस रात्रीकालीन प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको आयोजकको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

यसपटकको गोल्ड कप ट्रस्ट आफैँले गर्ने भएको हो । यसअघि भने उद्योगी व्यवसायीलाई संयोजक तोकेर प्रतियोगिता गर्ने गरिएको थियो । 

Vianet communication
Laxmi Bank

प्रतियोगितामा विदेशी ३ सहित स्वदेशी ‘ए’ डिभिजनकासमेत गरी १० टोली सहभागी हुने विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोर शाहीले जानकारी दिए । गोल्डकपमा भारतको कलकत्ताको साउथर्न समिति फूटबल क्लब, सिक्किमको सिक्किम ड्रागन फूटबल क्लब, भुटानको थिम्पूस्थित आरटीसी क्लब सहभागी हुँदैछन् । 

नेपालका तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ क्बल सहभागी हुनेछन् । यसैगरी यस वर्षको लिग विजेता चर्च ब्वाइज, डिभिजन टोलीहरू मच्छिन्द्र र एनआरटी क्लबले पनि भाग लिनेछन् । यस वर्षको गोल्डकपमा २०७४ सालको विजेता थ्रीस्टारको भने सहभागी नहुने भएको छ । घरेलु टोली सांग्रिला मोरङले थ्रीस्टारका केही र विदेशी खेलाडी मैदानमा उतार्ने तयारी गरेको छ । 

सांग्रिलालाई विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले लगानी गरेका छन् । 

यसपटक हुने आठौँ संस्करणको विराट गोल्डकपका विजेता र उप–विजेताले पाउने नगद पुरस्कारको राशि भने आधा घटाइएको छ । गत वर्ष घाटा भएपछि यस पटक पुरस्कार राशि घटाइएको जनाइएको छ । विजेताले ११ लाख रुपैयाँ र उप–विजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको विजेतालाई नगद २० लाख १५ हजार र उप–विजेतालाई १० लाख  १५ हजार रुपैयाँ थियो । यो वर्ष विजेतालाई ९ लाखा १५ हजार र उप विजेतालाई प्रदान गरिएको थियो । यो वर्ष ५ लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि घटाएको हो । गत वर्ष आयोजकलाई ८७ लाख रुपैयाँ घाटा भएका कारण यस वर्ष पुरस्कार राशि घटाइएको ट्रस्टका अध्यक्ष शाहीले बताए  । 

प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार रुपैयाँ र सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल दिइनेछ ।

साँझ  ६ बजे  बजेदेखि शुरू हुने गोल्डकपको २, ३ र ५ सय रुपैयाँ टिकट रहेको छ । ‘फ्लडलाइटको माध्यमदेखि रात्रिकालीन प्रतियोगिता हुने भएकोले खेल रोमाञ्चित बन्नेछ,’ अध्यक्ष शाहीले भने, ‘प्रतियोगिता सम्पन्न गर्दा १ करोड १८ लाख ४३ हजार २०० रुपैयाँ लाग्ने अनुमान छ ।’

गत वर्षको सातौँ संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जित्दा पाहुना टोली भारतको केरलाको लुका सकर क्लब उप–विजेता बनेको थियो ।   

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट शुरू गरिएको गोल्ड कप २०६२–६३ सालको जनआन्दोलनपछि परिवर्तन गरिएको हो ।  २०६८ सालबाट विराट गोल्डकपको रूपमा आयोजना हुँदै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x