
एनआईसी एशिया बैंकले १ करोड २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसीले आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त रकम सेवाग्राहीलाई प्रदान गरेको हो ।
बैंकको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० असार १८ देखि फागुन १४ सम्म घातक रोगको बीमा बापत ७ जना र दुर्घटनामा परेका ५ जना खातावालालाई प्रतिव्यक्ति १० लाखका दरले रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।
बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहक तथा परिवारका सदस्यलाई बीमा कम्पनीले प्रदान गरेको रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।
जसअन्तर्गत काठमाडौंको नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्रबहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटवल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पून्यप्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोलेका विजयकुमार गुरुङलाई बीमा बापतको रकम उपलब्ध गराइएको हो ।