आयरल्यान्ड ए विरुद्धको टी-ट्वान्ट्वी क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेल जित्न नेपाल एले २२३ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन जोड्यो ।
उसका लागि पिटर मूरले सर्वाधिक ४९ रनको योगदान गरेर नेपालका कमलसिंह ऐरीले ३९ रन खर्चिएर ३ विकेट लिए । बाँकी १-१ विकेट सागर ढकाल र आरिफ शेखका नाममा रह्यो ।
बिहीबारका लागि तोकिएको पहिलो खेल वर्षाले अवरुद्ध भएको थियो ।