![राजेन्द्र महतो नेतृत्वको प्रदर्शनमा झडप, केही घाइते [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Jhadap_ktm_-_Rajendra_1_dLGioyfJsJ.jpg)
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गरेको प्रदर्शनमा ६ जना घाइते भएका छन् ।
शनिवार दिउँसो काठमाडौंमा भएको झडपमा २ प्रहरीसहित ६ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइतेमध्ये एक जना प्रहरीको अवस्था गम्भीर छ ।
उनको अहिले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट निषेधित क्षेत्र सिंहदरबारतर्फ मोडिएपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । त्यसपछि झडप भएको हो ।
झडपमा प्रदर्शनकारीतर्फका १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
महतोको अगुवाइमा अभियानले यसअघि जनकपुर, मलंगवा, हटौंडा लगायतका स्थानमा प्रदर्शन गरेको थियो ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी








