३० जेठ २०८३, शनिबार

लुम्बिनीमा एकीकृत समाजवादीकी अधिकारी मन्त्री नियुक्त

बैशाख ६, २०८१
बुटवल
लुम्बिनीमा एकीकृत समाजवादीकी अधिकारी मन्त्री नियुक्त

लुम्बिनी प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी भएको छ ।

मुख्यमन्त्री जोखबहादुर महराले समाजवादीकी सांसद भगवती अधिकारीलाई बिहीवारनै मन्त्री नियुक्त गरेका हुन् ।

उनलाई अहिले कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन । अधिकारी रुपन्देहीकी हुन् ।

यसअघि उने आजै नेकपा एमालेबाट ५, माओवादी केन्द्रबाट १, जनता समाजवादी पार्टी (जसपा), स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट १/१ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

लुम्बिनीमा दोस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । केन्द्रमा नयाँ समीकरण बनेसँगै लुम्बिनीमा गत चैत २३ गते नयाँ सरकार बनेको थियो ।

लुम्बिनीमा अब मन्त्रालयको संख्या बढ्ने निश्चित छ ।

salt training

कमेन्ट गर्नुहोस्