२२ जेठ २०८३, शुक्रबार

बहुविवाहका आरोपी पौडेल पुर्पक्षका लागि कारागार चलान

जेठ ३, २०८१
दाङ
बहुविवाहका आरोपी पौडेल पुर्पक्षका लागि कारागार चलान

 दाङमा बहुविवाह गरेका एक जना आरोपीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । दाङ जिल्ला अदालतले घोराही १५ तुलसीपुर चोक निवासी सरोज पौडेललाई बहुविवाहको आरोपमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो । 

पौडेल मुद्दा दर्ता भएपछि भागेका थिए । जिल्ला प्रहरी कार्यालय दाङले पौडेललाई फरार सूचीमा राखेर घटना बारे अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय घोराहीलाई फाइल बुझाएको थियो । आफै फरार रहेका पौडेल गएको वैशाख २५ गते अदालतमा हाजिर भएका थिए । जिल्ला न्यायाधीश तारा शर्माको एकल इजलासले थुनछेकका क्रममा मुद्दाको अन्तिम टुङ्गो नलाग्दा सम्म पौडेललाई तत्कालको प्रमाणको आधारमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो । पौडेल अदालतको आदेश अनुसार कारागार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए । 

salt training

कमेन्ट गर्नुहोस्