२६ जेठ २०८३, मंगलबार

बाख्राले बाली खाएको विषयमा विवाद, भरुवा बन्दुकले प्रहार गर्दा १ जनाको मृत्यु

जेठ १२, २०८१
भोजपुर
बाख्राले बाली खाएको विषयमा विवाद, भरुवा बन्दुकले प्रहार गर्दा १ जनाको मृत्यु

भोजपुरको टेम्केमैयुङमा १ जनाको हत्या गरेको आरोपमा ६५ वर्षीय मणीप्रसाद राई पक्राउ परेका छन् ।

टेम्केमैयुङ गाउँपालिका ४ नागी बस्ने ६३ वर्षीय राजकुमार राईलाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बाख्राले बाली खाएको विषयमा वादविवाद हुँदा मणीप्रसादले बन्दुक प्रहार गर्दा राजकुमारको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्