३१ असार २०८३, बुधबार

विश्व कपअघि दोस्रो वार्मअप खेलमा अमेरिकासँग भिड्दै नेपाल

जेठ १७, २०८१
काठमाडौं
विश्व कपअघि दोस्रो वार्मअप खेलमा अमेरिकासँग भिड्दै नेपाल

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले आज घरेलु टोलीसँग वामअर्प म्याच खेल्ने भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको आधिकारिक तालिकाअनुसार नेपालले आज अमेरिकासँग वार्म अप खेल खेल्ने भएको हो । ​

टेक्सासमा हुने खेल नेपाली समयानुसार राति ९:१५ बजेबाट शुरू हुने छ । 

नेपालले यसअघि क्यानडासँग पहिलो खेल खेलेको थियो । उक्त म्याचमा नेपाल ६३ रनले पराजित भएको थियो ।

जुन १ बाट शुरू हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । 

जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ । 

यसपटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्