२८ जेठ २०८३, बिहीबार

विदेश पठाई दिने भन्दै नौ जनाबाट चार करोड ठगी गर्ने एक जना पक्राउ

जेठ २९, २०८१
काठमाडौं
विदेश पठाई दिने भन्दै नौ जनाबाट चार करोड ठगी गर्ने एक जना पक्राउ

वैदेशिक रोजगारीका नाममा करोडौं ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका नारायण खड्का छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याइएको हो । 

उनले अमेरिकालगायत विभिन्न मुलुकमा पठाई दिने भन्दै नौ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ ।

खड्काले उनीहरूबाट करिब ४ करोड ठगी गरेको प्रहरीको भनाइ छ । 

उनले प्रहरीकै बहालवाला र पूर्व प्रहरीलाई समेत ठगी गरेको प्रहरीले जनाएको छ । 

खड्काविरुद्ध बैंकिङ कसुर र ठगीगरी ९ वटा मुद्दा छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्