३० असार २०८३, मंगलबार

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

जेठ ३१, २०८१
काठमाडौं
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय हाँडीगाउँमा बस्ने बैठकमा केन्द्रीय कार्य सम्पादन समितिले तयार गरेको पार्टीको राजनीतिक कार्यपत्र र प्रतिवेदनहरू पेश हुने बताइएको छ ।  बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले प्रतिवेदन तयार पारेको थियो । 

बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन, सुशासन विभाग प्रमुख राजन चौलागाईंद्वारा  प्रस्तुत भ्रष्टाचार निवारण नागरिक आयोग सम्बन्धी राप्रपा नेपालको अवधारणा पत्रलगायत पेश गरिने राप्रपा नेपालले जनाएको छ ।  बैठक भोलिसम्म चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्