
सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीका भतिज केशवराज जोशी पक्राउ परेका छन् ।
वैदेशिक रोजगार ठगी प्रकरणमा उनलाई शुक्रबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी सानुराम भट्टराईले लोकान्तरलाई जानकारी दिए ।
माल्टा पठाउने नाममा ६ जनाबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीमाथि छ । प्रहरीले पक्राउ गरेपछि केशवराजले प्रहरीलाई आफू मन्त्रीको भतिज रहेको बताएका थिए ।
कञ्चनपुरका ३५ वर्षीय जोशीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।