२१ असार २०८३, आइतबार

नयाँ शक्ति छाडेका देवेन्द्र पौडेल बाग्लुङबाट उम्मेदवार, कस्तो छ प्रतिष्पर्धा ?

कात्तिक २०, २०७४
नयाँ शक्ति छाडेका देवेन्द्र पौडेल बाग्लुङबाट उम्मेदवार, कस्तो छ प्रतिष्पर्धा ?
काठमाडौं, ५ कात्तिक– नयाँ शक्ति छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका नेता देवेन्द्र पौडेल माओवादी केन्द्रका तर्फवाट प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका छन् । बाग्लुङ२ बाट उम्मेदवार बनेका पौडेलको प्रतिष्पर्धा कांग्रेसका नरबहादुर पुनसंग हुनेछ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि संसद र सरकारमा सहभागि नहुने पौडेल माओवादीका एकमात्र प्रभावशाली नेता हुन् । पुन पहिलो संविधानसभा चुनावमा विजयी भएका थिए । गत संविधानसभा चुनावमा तीनवटै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो ।

बाग्लुङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट चम्पादेवी खड्का र एमालेका तर्फबाट डा सूर्य पाठक उम्मेदवार बनेका छन् । बाग्लुङमा वामपन्थी गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ ।

प्रदेश सभातर्फ एमालेबाट इन्द्रलाल सापकोटा उम्मेदवार बनेका छन भने, माओवादीका तर्फबाट चन्द्रलाल बूढाले टिकट पाएका छन् । बामपन्थी गठबन्धनका तर्फबाट राजमोका कृष्ण थापा र टेकबहादुर घर्तीले प्रदेश सभाबाट टिकट पाएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका लागि दीपेन्द्र बहादुर थापा र प्रकाश पौडेल तथा मञ्जेश बम मल्ल र जीत शेरचनले टीकट पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्