२४ जेठ २०८३, आइतबार

सिन्धुपाल्चोकमा रोचक चुनावी प्रतिस्पर्धा, लगातार दुईपटक हारेका राणा फेरि मैदानमा !

कात्तिक २०, २०७४
सिन्धुपाल्चोकमा रोचक चुनावी प्रतिस्पर्धा, लगातार दुईपटक हारेका राणा फेरि मैदानमा !
काठमाडौं ५ कात्तिक– संविधानसभाको दुईवटा चुनावमा लगातार पराजित भएपनि राप्रपा प्रजातान्त्रिकका नेता पशुपति शम्शेर राणा यसपटक पनि सिन्धुपाल्चोकबाट प्रत्यक्ष चुनाव लड्ने भएका छन् । उम्मेदवारी मनोनयनका लागि राणा आइतवार चौतारा पुगेका छन् ।

२०५१ र ०५६ सालको चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष चुनाव जितेका राणा गत संविधानसभा चुनावमा एमालेका शेरबहादुर तामाङसँग पराजित भएका थिए । पहिलो संविधानसभा चुनावमा राणा माओवादीका राजकुमार श्रेष्ठसँग पराजीत भएका थिए ।

संयोगले यसपटक पनि राणाको प्रतिष्पर्धा एमालेका तामाङसँग हुने भएको छ । वामपन्थी गठबन्धनबाट एमाले केन्द्रीय सदस्य समेत रहेका निवर्तमान सांसद तामाङ र कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट राणा सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका छन् ।

तीनवटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गत संविधानसभा निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले एक एक सीट जितेका थिए । निर्वाचन क्षेत्र निर्धारण गर्दा यसपटक दुईवटा क्षेत्र बनेका छन् ।

गत संविधानसभा चुनावमा एमालेका तामाङले १४ हजार ५ सय २६ मत ल्याएर विजयी भएका थिए । राणाले १२ हजार ९० भोट प्राप्त गरेका थिए । नेपाली कांग्रेसको तर्फबाट तारानाथ दाहाल तेस्रो बनेका थिए ।

क्षेत्र नम्बर एक बाट अरुण नेपाललाई पराजीत गर्दै कांग्रेसका मोहन बस्नेत विजयी भएका थिए । क्षेत्र नम्बर २ मा सुवास कर्मचार्यलाई पराजिततगर्दै माओवादीका अग्नीप्रसाद सापकोटा विजयी भएका थिए ।

प्रदेश सभातर्फ वामपन्थीबाट अरुण नेपाल र सरेश नेपाल र माओवादीका तर्फबाट दावा तामाङ, युवराज दुलाल उम्मेदवार बनेका छन् । लोकतान्त्रिक गठबन्धनबाट निमा तामाङ, विकास तामाङ, राजेन्द्र कुमार क्षेत्र र विष्णु खत्री उम्मेदवार बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्