![राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म धान रोपाइँमा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/ramchandra_prachanda_dhan_ropai__8qFtR6crrD.jpg)
आज असार १५ अर्थात् धान दिवस । देशभर विभिन्न कार्यक्रमगरी मनाइँदै छ ।
‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ शनिबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।

विक्रम संवत् २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

कृषि मन्त्रालयले पहिलोपटक राष्ट्रिय धान दिवस काठमाडौं उपत्यकाबाहिर मनाउन लागेको छ । मन्त्रालयले आज चितवनको बछौलीमा डेढ बिगाहामा रोपाइँ गरेर २१औं धान दिवस मनाउँदै छ ।

धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरू र किसानहरू सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डले चितवनमा मेशिनबाट धान रोपेका छन् ।

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले पनि शीतल निवासमा रोपाइँ गरेका छन् । राष्ट्रपति कार्यालयले आयोजना गरेको रोपाइँ कार्यक्रममा राष्ट्रपति पौडेल, प्रथम महिला सविता पौडेलसहित सहभागी थिए ।

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताए । रोपाइँपछि दही चीउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।





