२१ जेठ २०८३, बिहीबार

पाँच किलो अफिमसहित दुई पक्राउ

असार १८, २०८१
काठमाडौं
पाँच किलो अफिमसहित दुई पक्राउ

 बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित हवल्दारपुरबाट प्रहरीले पाँच किलो आठ सय ६५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । 

जाजजरकोटको शिवालय गाउँपालिका–७ घर भइ बर्दियाको बासगढी नगरपालिका–९ माछागढ बस्ने ५५ वर्षीय रामबहादुर शाही र जाजरकोटको बारेकोट गाउँपालिका–८ सेपुखोला बस्ने ३५ वर्षीय पूर्णबहादुर विकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले पक्राउ गरेको हो । 

    हवल्दारपुरको फन पार्क अगाडि शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई प्रहरीले जाँच गर्दा अफिमसहित भेटिएका हुन् । उनीहरुको साथबाट कर्णाली प्रदेश ०२–००२ प ११८६ नम्वरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनीहरुलाई लागुऔषध कारोबारमा मुद्दा चलाइ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्