२४ जेठ २०८३, आइतबार

चोरीमा संलग्न ६ जना पक्राउ

असार १९, २०८१
काठमाडौं
चोरीमा संलग्न ६ जना पक्राउ

विभिन्न चोरीका घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाका विभिन्न ठाउँमा भएका चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका-३ बस्ने २२ वर्षीय सुस्मन थापा, वडा नम्बर ३ बस्ने वर्ष २७ को कृष्ण थापा, वर्ष ४३ को अर्जुन विश्वकर्मा, नितेश बराईली, मेचीनगर नगरपालिका-१० बस्ने वर्ष ४० को सुरेशकुमार दास र अर्जुनधारा नगरपालिका-११ का सुनिल राजवंशी रहेको प्रहरीले जनाएको छ । 

उनीहरूमध्ये सुस्मन चोरीका मुख्य अभियुक्त हुन् भने कृष्ण चोरीको औठी बिक्रीमा संलग्न रहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

उनका अनुसार अर्जुन र नितेश सुनको औठी खरिद गर्ने व्यक्ति, सुरेशकुमार किराना पसल संचालक र 
सुनिल चोरी गरेको सुनको औठी, सिक्री र चाँदीको ब्रास्लेट खरिद गर्ने व्यक्ति हुन् । 

उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

यसअघि अर्जुनधारा नगरपालिका-११ बस्ने दुर्गा देवी श्रेष्ठ र उमा श्रेष्ठको घरमा चोरी भएको थियो । यसैगरी बिर्तामोड नगरपालिका-५ नयाँ नमुना टोल बस्ने वर्ष ३५ की गंगा काफ्ले पौडेलको घरमा पनि चोरी भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्