२२ असार २०८३, सोमबार

६० वर्षीय भिनाजुको हत्या गरेको आरोपमा १ जना पक्राउ

साउन ५, २०८१
सोलुखुम्बु
६० वर्षीय भिनाजुको हत्या गरेको आरोपमा १ जना पक्राउ

सोलुखुम्बुमा आफ्नै भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा थुलुङदूधकोशी गाउँपालिका- २ देवीस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेत छन् । उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।

​६० वर्षीय भिनाजु सुरेश बस्नेतलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीका अनुसार पूर्णबहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गरेका हुन् ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र प्रहरी चौकी नेलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्