०२ साउन २०८३, शनिबार

भारतीय टोलीले बस खोज्न प्रयोग गरेको चुम्बक त्रिशूलीले बगायो

साउन १२, २०८१
काठमाडौं
भारतीय टोलीले बस खोज्न प्रयोग गरेको चुम्बक त्रिशूलीले बगायो
फाइल तस्वीर ।

बेपत्ता बसको खोजीका लागि भारतीय उद्धार टोलीले प्रयोग गरेको चुम्बक त्रिशूली नदीमा बगेको छ । बस खोजीका क्रममा प्रयोग भएका दुईमध्ये एउटा चुम्बक त्रिशूलीमा बगेको हो ।

चुम्बक बगाएको भनेर भारतीय उद्धार टोलीले आफूलाई जानकारी गराएको चितवन प्रहरीका प्रमुख एसपी भावेश रिमालले लोकान्तरलाई जानकारी दिए ।

बेपत्ता दुई बसको खोजीमा भारतीय टोली सात दिनदेखि जुटेको थियो । तर केही पनि प्रगति नभएपछि टोलीले शनिवार १४ र १९ किलोका दुई चुम्बक प्रयोग गरेको हो । तीमध्ये एउटालाई नदीमा आएको पानीको बहावले बगाएको छ ।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए । 

दुई बसमा सवार ६५ यात्रुमध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्