३० असार २०८३, मंगलबार

बस खोज्ने क्रममा त्रिशूलीमा हराएको चुम्बक भेटियो

साउन १४, २०८१
काठमाडौं
बस खोज्ने क्रममा त्रिशूलीमा हराएको चुम्बक भेटियो

सिमलतालमा बेपत्ता बस खोज्ने क्रममा त्रिशूली नदीमा हराएको चुम्बक भेटिएको छ । भारतीय प्राविधिकहरूले प्रयोग गर्दा नदीमा बगेर हराएको १९ किलोको चुम्बक भेटिएको हो । 

बगेको चुम्बक र लाइफ ट्युब नारायणगढदेखि तल शिवघाटनजिकको काब्रेघाट नारायणी नदीमा भेटिएको प्रहरीले जनाएको छ । 

भारतीयले शनिबार १९ र १४ किलाका दुईवटा चुम्बक प्रयोग गरेर सिमलताल क्षेत्रमा बसको खोजी गर्ने क्रममा एउटा चुम्बक बगेको थियो ।

१७ दिनसम्म खोजी गरे पनि त्रिशूली नदीमा यात्रुसहित हराइरहेका दुई वटा बस फेला पर्ने सम्भावना क्षीण बन्दै गएको छ । नेपाली र भारतीय गोताखोर तथा प्राविधिकहरू समेतले खोज्दा पनि नभेटिएपछि बस फेला पर्ने सम्भावना क्षीण बन्दै गएको हो । 

बसको खोजी गर्न आएको भारतीय टोलीको आइतबार बिदाइ गरिएको छ । उनीहरूले ल्याएका आधुनिक उपकरणबाट पनि खोजी सफल हुन सकेको थिएन । 

गत असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा आएको पहिरोमा ६५ जना यात्रुसहित दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । ६५ यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भएका थिए । हालसम्म घटनामा परेका २४ जनाको शव भेटिएको र १८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

अन्य ३८ यात्रुको अवस्था भने बससँगै अज्ञात छ । काठमाडौंबाट गौर जान नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको एन्जल्स डिलक्स बस हराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्