
नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रहेको आरोपमा रञ्जन खड्का पक्राउ परेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कोटेश्वरबाट नियन्त्रणमा लिएको हो ।
२०६४ असार २६ मा ललितपुरको शंखमूलमा विष्टलाई कुटपिट भएको थियो। कुटपिटबाट घाइते भएका विष्टको उपचारको क्रममा मृत्यु भएको थियो।
तत्कालीन समयमा विष्टले एक युवतीलाई मन पराएको विषयलाई लिएर युवाहरूले कुटपिट गरेका थिए ।
कुटपिटमा खड्का, राजीव पाण्डे र विनोद थापा संलग्न रहेको प्रहरीले जनाएको छ।
पाण्डे र थापा भने हाल धरौटीमा छुटिसकेका छन् ।