२२ असार २०८३, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीलाई जोगाउन कांग्रेस-एमाले लाग्नु खतरनाक : प्रचण्ड

भदौ ११, २०८१
काठमाडौं
नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीलाई जोगाउन कांग्रेस-एमाले लाग्नु खतरनाक : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई सामसुम पार्न कांग्रेस र एमाले मिलेको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले शरणार्थी प्रकरणको छानबिन गरिरहेको प्रहरीको सरुवा गर्नेले यस्तै खतरनाक प्रवृत्ति देखाएको बताएका हुन् । 

‘नक्कली भुटानी शरणार्थी प्रकरण, बाल मन्दिर थुप्रै काण्डको सफल छानबिन गर्दै थियो । नयाँ सरकार आयो के गर्‍यो ? हिजो ती काण्डको छानबिन गर्ने प्रहरी माथि नै छानबिन यसरी शुरू भयो अनि दुई तिहाइको सुशासन,’ प्रचण्डले भने, ‘नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न र अरु अपराधीलाई जोगाउन सरकार जे गरिरहेको छ । सरकार जे गर्दै छ यो खतरनाक छ । कांग्रेस एमालेका साथीहरूलाई यही रोस्ट्रमबाट मेरो अनुरोध छ । नक्कली शरणार्थी प्रकरणमा तपाईंहरूले एक अर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध बिलकुल होइन ।’

कांग्रेस एमालेको यो हर्कतले अन्तर्राष्ट्रिय रूपमा नेपालको राजनीतिक, कानूनी, नैतिक, सामाजिक, प्रतिष्ठा धुलोपिठो पारेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्