![प्राधिकरणको बदमासी– कमिसनका लागि किनिएका अर्बौंका ट्रान्सफर्मरमा झार [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Transfermer_4_B1BhGUwtmT.png)
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कमिसनका लागि अर्बौंको ट्रान्सफर्मर खरिद गरेर अलपत्र पारेको आरोप लागेको छ ।
सार्वजनिक लेखा समितिमा परेको उजुरीमा एक वर्षमा बढीमा डेढ अर्बको सामान खरिद गरेर स्टोरमा राख्न पाइने भएपनि करिब २० अर्ब बराबरको ट्रान्सफर्मर किनेर हेटौंडा, भक्तपुरको खरिपाटीलगायत स्थानमा अलपत्र पारेको आरोप लगाइएको छ ।

लोकान्तरले यसअघि भक्तपुरको खरिपाटीमा करिब ५ अर्ब बराबरको ट्रान्सफर्मरलगायत अन्य सामग्री अलपत्र परेको समाचार प्रकाशित गरेको थियो ।
लेखा समितिमा दर्ता भएको भिडियोसहितको उजुरीमा प्राधिकरणले राखेका सामानहरूमाथि झार उम्रिएको देख्न सकिन्छ ।
२०७८ भदौ २२ गते हालका प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले ट्रान्सफर्मर खरिद गर्दा करोडौं भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

कास्कीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले हेटौंडालाई घिसिङले नक्कली ट्रान्सफर्मरको शहर बनाएको टिप्पणी गरेका थिए ।
'एमालेको सरकारभन्दा अगाडि डुब्लिकेट ट्रान्सफर्मर ल्याइयो । हेटौंडामा अहिले ट्रान्सफर्मरको एउटा शहर छ,' ओलीले भनेका थिए, 'पैसा हालेर किनियो, अनि काम नलागेर राखेको ट्रान्सफर्मरको शहरैजस्तो भएको छ ।'
ओलीले भ्रष्टाचार गर्ने मान्छे खोजीखोजी ल्याएर प्राधिकरणको जिम्मा दिएको भन्दै तत्कालीन सरकार 'बहादुर' रहेको टिप्पणीसमेत गरेका थिए ।

त्यतिबेला घिसिङ कार्यकारी प्रमुख बनेर प्राधिकरणमा दोस्रोपटक छिरेका थिए ।
अघिल्लो कार्यकाल २०७७ भदौमा सकिएको थियो । त्यतिबेला ओली नेतृत्वको सरकारले घिसिङको कार्यकाल नवीकरण नगरेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी प्रमुख बनाएको थियो ।

समितिमा परेका उजुरीमाथि छानबिन भइरहेको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बताए ।
'१० वटाभन्दा बढी उजुरी परेका छन्,' उनले भने, 'त्यसको छानबिन हुँदैछ । आगामी बैठकमा यसबारे वृहत् छलफल हुन्छ ।'
प्राधिकरणले भने अत्यावश्यक र चाहिने सामान मात्र खरिद गरिएको दाबी गर्यो । एक उच्च कर्मचारीले भने, 'खरिद ऐनअन्तर्गत नै सामान किनिएको छ । यसमा गैर-कानूनी भन्ने केही छैन ।'
हेर्नुहोस् भिडियो :
पढ्नुहोस् यो पनि :
लेखा समितिमा कुलमानविरुद्ध उजुरीका चाङ– भ्रष्टाचारदेखि पोल बेचेको आरोपसम्म
कोशी कोरिडोर सबस्टेसन ठेक्कामा अनियमितता: कुलमानको स्वार्थमा राज्यलाई ५७ करोड नोक्सानी
उत्कर्षमा ट्रंकलाइन विवाद : विद्युत् प्राधिकरणको जबरजस्तीले त्रासमा उद्योगी
स्मार्ट मिटरमा घोटाला: ६ गुणा महंगो तिरेर २ अर्बमाथिको खरिद, कुलमानमाथि अख्तियारको छानबिन
दाइको लगानी भएको कम्पनीलाई कुलमानको उपहार: ४ करोडमा हुने काम रोकेर १३ करोडमा नयाँ ठेक्का !
प्राधिकरणमा अनियमिताको चाङ : कानून मिचेर गरेको खरिदले एकै वर्षमा ८४ करोड नोक्सानी
सोलार ग्रिडमा ६८ करोड झ्वाम: आफूखुसी ठेकेदार रोजेर पौने ४ अर्बको ठेक्का [प्रमाणसहित]
जग्गा टुंगो नलाग्दै कमिसनको लोभमा ५ वर्षअघि किनिएको ६ अर्बको ट्रान्सफर्मरमा खिया
विद्युत् प्राधिकरणभित्र २५ भन्दा बढी 'मिनी प्राधिकरण': सबैको अध्यक्ष घिसिङ, जताततै मनोमानी
प्राधिकरणको वित्तीय स्वास्थ्य खराब– देखाइएको नाफा झुटो, ठेकेदारलाई बुझाउन पेन्सन कोषको रकम
३ लाख बजेट छुट्याइएको आयोजनामा १३ करोड खर्च, प्रगति एक प्रतिशतभन्दा तल
लाल आयोगको प्रतिवेदन: चौबीसै घण्टा विद्युत् आपूर्ति नभएको दिनलाई डेडिकेटेड मान्न मिल्दैन
महालेखाले भन्यो – प्राधिकरणको मिटरबाट 'टीओडी' डाउनलोड भएन, अर्बौंको हिसाब मिलेन
मन्त्रिपरिषदको 'कीर्ते' निर्णय कार्यान्वयन गर्न कुलमानको हतारो, समिति नै बनाएर दौडधूप
उद्योगहरूमा फेरि कुलमान आतंक– गैरकानूनी बिल पठाएर 'असुली'का लागि ताकेता
नक्कली ट्रान्सफर्मरको शहर' बनाएका कुलमान- सत्ता समीकरण फेरिएसँगै उद्योगी तर्साउने खेलमा
विद्युत् महसुलमा कुलमानको अस्वाभाविक 'ढिपी' र जबरजस्ती भ्रम छर्ने प्रयास
हातैले भरेको 'एक्सेल शीट'लाई कुलमानले टीओडी मिटरको तथ्यांक भनेपछि...