
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा डिला संग्रौला प्रमुख रहेको पेशागत तथा वुद्धिजीवी विभागमा १० सदस्य मनोनयन गरेका छन् ।
देउवाले बिहीवार विभागमा विभिन्न जिल्लाका १० सदस्य मनोनीत गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मनोनीत गरिएका सदस्यमा डा लोकनाथ दुलाल (ललितपुर), डा विष्णु बस्याल (पाल्पा), डा तबस्सुम सिद्दिकी (बाँके), देवराज अवस्थी (कैलाली) र मनबहादुर थापा (चितवन) छन् ।
त्यस्तै, दिलीपकुमार झा (सप्तरी), मनोज घिमिरे (मोरङ), गणेश शाही (दैलेख), डम्बरबहादुर विक (पर्वत) र विजय सम्बाहाम्फे (तेह्रथुम) रहेका छन् ।