२२ असार २०८३, सोमबार

भरुवा बन्दुकसहित एक जना पक्राउ

भदौ २१, २०८१
काठमाडौं
भरुवा बन्दुकसहित एक जना पक्राउ

दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।​ 

पक्राउ पर्नेमा गढवा गाउँपालिका- ६ खवरीका ५८ वर्षीय वीरबहादुर रजाली छन् ।

उनलाई ​१ थान भरुवा बन्दुकसहित बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्