
सरकारले ५१ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार प्रशासनतर्फ १४ र प्राविधिकतर्फ ३७ जना सहसचिवहरुको सरुवा भएको छ ।
यस्तै बाणिज्य सचिव मधु सुदन बुर्लाकोटीको पनि तथ्यांक विभागमा सरुवा भएको छ । यस्तै अर्का सचिव ज्ञानेन्द्र कार्कीलाई वाणिज्य सचिवका रुपमा सरुवा गरिएको ती मन्त्रीले बताए ।
यसबाहेक बैठकले लगानी बोर्डमा सीईओ नियुक्त गर्ने, संविधान दिवसका दिनदेखि धरहरा खोल्नेलगायतका निर्णय पनि गरेको छ ।