
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ परेका छन्।
उनलाई प्रहरीले मंगलबार साँझ काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको हो ।
रुबी खानलगायतको धर्ना कार्यक्रममा सहभागी बन्न पुगेका सिवाकोटीलाई प्रहरले नियन्त्रणमा लिएको हो ।
निषेधित क्षेत्र तोड्न खोजेपछि रुबी खान, सिवाकोटीलगायतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त रजौरेले लोकान्तरलाई जानकारी दिए ।
'निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रक्रिया पूरा गरेर केहीबेरमै छोड्छौं,' उनले भने ।
लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा खानलगायतले धर्ना दिइरहेका छन् ।