२२ असार २०८३, सोमबार

इन्डोनेसियाबाट १५० भन्दा बढी रोहिंग्या शरणार्थीको उद्धार

कात्तिक ९, २०८१
काठमाडौं
इन्डोनेसियाबाट १५० भन्दा बढी रोहिंग्या शरणार्थीको उद्धार

इन्डानेसिया– इन्डोनेसियाबाट अधिकाशं महिला तथा बालबालिका सहित १५० जना भन्दा बढी रोहिंग्या शरणार्थीको उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले शुक्रवार जनाएको छ । एजेन्सीका अनुसार उनीहरू चढेको डुङ्गा समुद्रमा केही दिनदेखि फसेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो । 
 
मुस्लिम समुदाय निकट रोहिंग्याहरू म्यान्मारमा पीडित भएकाले हरेक वर्ष हजारौंको सङ्ख्यामा मलेसिया र इन्डोनेसिया लगायतका देशमा पुग्नका लागि खतरापूर्ण समुद्री यात्रा गर्ने गर्छन् ।

करिब १५२ जना यात्रु बोकेको डुङ्गा केही दिनसम्म दक्षिण आचेह जिल्लाको तटबाट एक माइल टाढा रोकिएको थियो ।  केही दिनपछि अधिकारीहरूले उनीहरूलाई अवतरण गर्न दिने निर्णय गरेसँगै अन्ततः बिहीवार दिउँसो उनीहरूलाई किनारमा ल्याइएको हो ।

मानवजीवन बचाउने प्रयासका साथै करिब शरणार्थीलाई अवतरण अनुमति दिएकोमा यूएनएचसीआर अधिकारी र स्थानीय समुदायलाई यूएनएचसीआरका फैसल रहमानले धन्यवाद दिएका छन् । उनका अनुसार शरणार्थी मध्येका धेरै जना कमजोर महिला तथा बालबालिका थिए, जो मानव बेचबिखनको शिकार भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्