२२ असार २०८३, सोमबार

नेपाली सेनाको ३६ स्थानमा सञ्चालित सैन्य आधार तालिम सम्पन्न

कात्तिक १४, २०८१
काठमाडौं
नेपाली सेनाको ३६ स्थानमा सञ्चालित सैन्य आधार तालिम सम्पन्न

नेपाली सेनाको विभिन्न तालिम केन्द्रहरूमा नौ महिनासम्म सञ्चालन भएको सैन्य आधार तालिम सम्पन्न भएको छ।

तालिम समापन अवसरमा विभिन्न स्थानमा आयोजित कार्यक्रममा सैन्य जवानहरूले विशेष कवाज प्रदर्शन गरेका थिए।

यो तालिमबाट कुल ४ हजार ३८४ जना सेनाको नव सिपाही दीक्षित भएका छन् । जसमा ३ हजार ५५० जना पुरुष र ८३४ जना महिला छन्।

प्रमुख तालिम केन्द्रहरू त्रिशूली र सैनामैना लगायतका ३६ स्थानमा सम्पन्न कवाज समारोहमा सैनिक तालिम महानिर्देशक ध्रुव प्रकाश शाह र अन्य उच्च अधिकारीहरूले उपस्थिति जनाउँदै उत्कृष्ट प्रदर्शन गर्ने सिपाहीहरूलाई पुरस्कृत गरे।

त्रिशूलीमा आयोजित अन्तिम कवाजमा सम्बोधन गर्दै महानिर्देशक शाहले सेनाको मूल्य-मान्यता र परम्परालाई सधैं पालना गर्दै राष्ट्रप्रति समर्पित भई जिम्मेवारी निर्वाह गर्ने प्रेरणा दिए।

विभिन्न स्थानमा आयोजित समापन समारोहमा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा नवनियुक्त सिपाहीका परिवारजनको उपस्थिति रहेको थियो।

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्