२१ असार २०८३, आइतबार

बूढानीलकण्ठ​ मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गर्छु : सभापति देउवा [भिडियोसहित]

कात्तिक २४, २०८१
काठमाडौं
बूढानीलकण्ठ​ मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गर्छु : सभापति देउवा [भिडियोसहित]

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठ​ मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गर्ने बताएका छन् ।​

काठमाडौंको बूढानीलकण्ठ मन्दिर प्राङ्गणमा आजबाट शुरू भएको ​श्रीमद्‌भागवत सप्‍ताह ज्ञान महायज्ञको उद्‌घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

'बूढानीलकण्ठको आशीर्वाद सबैले पाउनुहुनेछ भन्ने विश्वास छ,' उनले भने, यसलाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्छु ।'

बूढानीलकण्ठलाई विश्व सम्पदा सूचीमा राख्न सकेमा यसको अझै प्रचार-प्रसार हुने पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको विश्वास छ ।

बूढानीलकण्ठ वेद विद्याश्रम गुरुकुल व्यवस्थापन गर्ने उद्देश्यका साथ हरिबोधनी एकादशी मेलाको अवसर पारेर महायज्ञको आयोजना गरिएको हो ।

महायज्ञबाट संकलित रकमबाट बूढानीलकण्ठ वेद विद्याश्रम गुरुकुलको निर्माण गर्ने योजना रहेको मन्दिरका मठाधीश निगमानन्दले जानकारी दिए।

बर्सेनि लाग्ने महायज्ञ यही कात्तिक ३० गतेसम्म चल्ने छ ।​

भिडियो :

 

salt training

कमेन्ट गर्नुहोस्