३१ असार २०८३, बुधबार
सडकबाट सय मिटर तल खस्यो जीप

दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

कात्तिक ३०, २०८१
काठमाडौं
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो । 

दुर्घटनास्थलमा छ जनाको मृत्यु भएको र अन्य  ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। जात्रा हेरेर फर्किएकाहरू सवार जीप दुर्घटनामा परेका उनले बताए । मृतकको सनाखत हुन बाँकी रहेको उनले बताए । 

घाइते सबैको अवस्था गम्भीर रहेको उनले बताए । घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन । 

जीप सडकबाट करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्