
नेपाली कांग्रेसको द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्य मनोनीत भएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख रहेको उक्त समितिमा १० सदस्यलाई मनोनीत गरेका हुन् ।
मनोनयन हुनेहरूमा गणेश चन्द- सल्यान, मधुसूदन पाण्डेय- काठमाडौं, हेमलाल पुन- गुल्मी, धर्मराज न्यौपाने- अछाम र सिर्जना सिंह श्रेष्ठ- काठमाडौं रहेका छन् ।
यस्तै, रेखा प्रसाईं- सुनसरी, जुमराती नदाफ- धनुषा, लक्ष्मी परियार- तनहुँ, रेणु चौधरी- कैलाली र अनिता अर्याल- चितवन रहेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।