२९ असार २०८३, सोमबार

पर्साबाट ३० लाख रुपैयाँ बराबरको कपडा बरामद

मंसिर ३०, २०८१
काठमाडौं
पर्साबाट ३० लाख रुपैयाँ बराबरको कपडा बरामद
फाइल फोटो

पर्साको  वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले ३० लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

बरामद गरिएको कपडामा कुर्तासुरुवाल एक हजार छ सय २७ थान, स्काफ एक हजार सात सय २२ थान, सल दुई हजार सात सय ६८ थान, लेडिज ब्याग, साडीपीन, लङ्कोटलगायत रहेको छ ।

ती सामानको मूल्य रू ३० लाख ४९ हजार सात सय कायम गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्