३१ जेठ २०८३, आइतबार
सहकारी ठगी

उमागौरी सहकारी ठगी प्रकरण : अदालतमा उपस्थित भइन् ऋषिकेश पत्नी अंजला

पुस २४, २०८१
विराटनगर
उमागौरी सहकारी ठगी प्रकरण : अदालतमा उपस्थित भइन् ऋषिकेश पत्नी अंजला

मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अंजला कोइराला अदालतमा उपस्थित भएकी छिन् ।

गत मंसिर २७ गते सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले उनीसहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अदालतमा मुद्दा दायरपछि विराट रात्रि माविकी शिक्षिका समेत रहेकी कोइराला फरार भएकी थिइन् ।

तर बुधबार उनी अदालतमा उपस्थित भएकी हुन् ।

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको आजै थुनछेक बयान हुने गरी पेशी तोकिएको छ ।

सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित २३ जना अझै फरार छन् । 

रोशन राजवंशीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्