
श्रीमतीको हत्या गरेको आरोपमा रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आफ्नै श्रीमती ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।
घरायसी विषयमा झै-झगडाको क्रममा रूद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।