०२ असार २०८३, मंगलबार

यूके र दुबई पठाउने नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ

माघ ३, २०८१
काठमाडौं
यूके र दुबई पठाउने नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारमा यूके र दुबई पठाउने भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँको बन्दीपुर नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २३ वर्षीया सन्जिता गुरुङ र तनहुँकै भिमाद नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ५० वर्षीय रेशम राज लामिछाने छन् ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

गुरुङले यूके पठाउने भन्दै २ जना व्यक्तिबाट ६० लाख ८९ हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । यस्तै, लामिछानेले दुबई पठाउने भन्दै ११ जनाबाट २४ लाख ठगी गरेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए । पीडितको जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, एसपी काजी कुमार आचार्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्