२२ असार २०८३, सोमबार

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा आचार्य

माघ ४, २०८१
काठमाडौं
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा आचार्य

नेपाल प्रहरीमा प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक आचार्यलाई केन्द्रीय प्रवक्ता तोकिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रवक्ता आचार्यले नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नेछन् ।

प्रहरी नायब महानिरीक्षक आचार्यलाई ९८५१२-९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्